November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

१४ वर्षीया किशोरी बलात्कृत, दुई युवा पक्राउ

3.4K

बैतडी : नाबालिका बलात्कारको आरोपमा बैतडी प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ रहेका बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

जिल्लाको तल्लो स्वराडकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार तामाङले बालिकालाई बलात्कार गरेको स्वीकारेका छन्।

चैत ४ गते साँझ स्थानीय जंगलमा घाँस काट्न गएको मौका छोपेर तामाङले नाबालिकालाई बलात्कार गरेको खुल्न आएको खड्काले बताए। गुरुङले सहयोगी भूमिका  खेलेको अनुसन्धानबाट खुलेको छ।  उनले भने, ‘तामाङले बलात्कार गरेको रहेछन्, गुरुङ पनि बलात्कार गर्न भनि गएका र नाबालिकाले चिच्याएर हल्ला गरेको भन्ने बुझिएको छ।’

Advertisement

उनीहरूविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको र आज अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका गुरुङ र तामाङ पाटन–पञ्चेश्वर सडक निर्माण गर्न बैतडी आएका हुन्। उनीहरु दुवै जना विवाहित रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।