February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

डेढ वर्षीया बालिका हत्यामा न्याय माग्ने ८ महिला पक्राउ

2.6K

विराटनगर । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा सम्लग्नलाई कारबाहीको माग गर्ने क्रममा ८ जना महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्यायको माग गदैै महेन्द्र राजमार्ग अबरुद्ध गरि आन्दोलन गर्ने महिलाहरु पक्राउ परेका हुन् ।

न्यायको माग्दै आन्दोलनमा उत्रेका महिलाहरुलाई पक्राउ गरेपछि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । उनीहरुले न्याय माग्ने महिलाहरुको विनाशर्त रिहा गर्न माग गरेका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिना बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा स्थानीय २५ र २८ वर्षीय दुई दाजुभाई अजय र मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement