May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

१८ महिनाको बालिकालाई बलात्कार गरी हत्या गरेको आशंकामा २ जना पक्राउ

२०७८ फाल्गुन २९

695

मोरङ । १८ महिनाको बालिकालाई बलात्कार गरी हत्या गरेको आशंकामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी रहेको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए ।

सुन्दरहरैंचा नगरपालिका–७ की १८ महिने बालिका शुक्रबार ४÷५ बजेतिर घरबाट हराएकी थिइन् । उनीलाई घरभन्दा पश्चिम गछिया खोला किनारको झाडीमा रोइरहेको अवस्थामा अभिभावकले साँझ ६ बजेतिर फेला पारेका थिए । जिल्ला प्रहरी मोरङले बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना छिमेकीलाई नियन्त्रणमा लिएको छ ।

टाउको लगायत शरीरका विभिन्न भागमा चोट देखिएकी बालिकालाई नजिकैको स्वास्थ्य क्लिनिकमा लगेपछि स्वास्थ्यकर्मीले योनीबाट रगत बगेको देखेर बलात्कार भएको आशंका गरी थप उपचारका लागि विराटनगर ल्याइएको थियो ।

Advertisement