February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

२०७८ फाल्गुन २७

2.8K

काठमाडौं । नायक पल शाहका म्यानेजर कृष्णकुमार जोशीलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका शाहलाई सहयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई नियन्त्रणमा लिएको हो ।

नाबालिग घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका जोशीलाई प्रहरीले जिल्ला अदालत तनहुँबाट सात दिनको म्यादसमेत लिएको छ ।

नाबालिगको बलात्कार गरेको आरोपमा तनहुँ प्रहरी र नवलपरासी प्रहरीले कलाकार शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

Advertisement