June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

बच्चा जन्माएर हत्या गर्ने महिला पक्राउ

२०७८ फाल्गुन २३

2.9K

काठमाडौं । नवजात शिशुको हत्या आरोपमा चितवनमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । कालिका नगरपालिका-१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत फागुन १९ गते दिउँसो ४ बजे हत्या गरेर फालिएको अवस्थामा सो ठाउँमा नवजात शिशु फेला परेको थियो ।

मञ्जुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement