March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

पल शाह प्रकरणमा दुर्गेश थापा र सम्राट चौलागाईंले दिए बयान

२०७८ फाल्गुन २०

6.1K

काठमाडौं। नाबालिक बलात्कारको अभियोगमा जिल्ला प्रहरी तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहको प्रकरणमा गायक दुर्गेश थापा र सम्राट चौलागाईले बयान दिएका छन् । उनिहरूले दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर बयान दिएका हुन् ।

उनीहरु दुवैजनामाथि शाहविरुद्ध नाबालिकालाई उस्काएको र षड्यन्त्र गरेको आरोप लागेको छ । उनीहरु बयान दिन तनहुँ पुग्दा पल शाहका समर्थकहरुले नाराबाजी गरिरहेका थिए ।

अभिनेता पल शाह एक नाबालिग गायिकाले शाहविरुद्ध बलात्कार गरेको जाहेरी दिएपछि आइतबार आफै प्रहरीसामु आत्मसर्मपण गरेका थिए । शाहलाई जिल्ला अदालतबाट ७ दिनको अनुमति लिई प्रहरीले हिरासतमा राखि अनुसन्धान गरिरहेको छ ।

Advertisement

अहिले कला कर्मीहरुले पनि पल शाह प्रकरणमा पक्ष र विपक्षमा आफ्ना अभिव्यक्ति दिइरहेको छन् ।