धरान । धरानको १८ स्थित कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा एक महिला मृत फेला परेकी छन् । ईटहरी घर बस्ने ३९ वर्षीय सुमित्रा तामाङ मृत अवस्थामा भेटिएकी हुन् ।
प्रहरीका अनुसार महिलाको शरीरमा चोटपटक लागेको छ । उनको शव शरिरलाई होटलको एक कोठामा सिरकले ओढाएको अवस्थामा शव फेला परेको छ ।
प्रहरीले सोमबार होटलमा गएका दुबै जना रातिसँगै रहेको र बिहान उनी त्यहाँबाट हिडेको भन्ने जानकारीमा आएको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको बारेमा पहिचान खुलेपछि घटनामा संलग्न व्यक्तिको नजिक प्रहरीको अनुसन्धान पुगेको प्रहरीले बताए । मृतक महिलाको श्रीमान ब्रनाईमा रहेको अनुसन्धानबाट खुलेको छ ।
मृतकको झोलामा रहेको मतदाता परिचयपत्रबाट मृतकको ठेगाना पाँचथरको मिक्लाजुङ गाउँपालिका १ भएको खुलेको थियो ।