August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०७८ फाल्गुन १५

1.9K

तनहुँ । अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । एक १७ वर्षीया गायिकालाई बलात्कार गरेको आरोप लागेका शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

उनलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अभिनेता पल शाहले आज दिउँसो १२ः १५ बजे जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्पण गरेका थिए । आत्मसमर्पण गरेका शाहलाई आज नै दमौली अस्पतालमा स्वास्थ्य परीक्षण, जिल्ला सरकारी वकिल कार्यालयमा बयान र तनहुँ जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप गरेको हो ।

Advertisement

प्रहरी सम्पर्कमा आएका अभिनेता शाहसँग आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।