August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

बलात्कारमा परेको कुरा बुबालाई भनिदिन्छु भन्दै भाग्न खोज्दा बालिकाको ज्यानै गयो

२०७८ फाल्गुन १५

2.3K

बिराटनगर । मोरङको लेटाङ–८ ज्यामिरेकी १२ वर्षीय करुणा राईको बलात्कारपछि हत्या गर्ने आरोपी ६३ वर्षीय दिपक गिरीलाई आज जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले आरोपी पत्ता लगाउन दशी प्रमाणको रुपमा पहिलोपटक बेल्ट र कडी फेला परेको बताए ।

बालिका घर फर्कने बाटोमा जङ्गल छेउमा खोल्सीमा स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटम, फरकको खीपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा फेला परेको र सो नजिकै लाइटर समेत फेला परेको प्रहरीले बताए । सोही आधारमा शंका लागेर गिरीलाई सोधपुछ गर्ने क्रममा बयान दिएको र बालिकाको शव फेला परेको प्रहरीले जानकारी दिए ।

Advertisement

बालिकाको घरदेखि ३ किमि दक्षिण लेटाङ नगरपालिका–८ लाल हिरा सामुदायिक वनमा बालिकको शव ढुङ्गाले छोपेको अवस्थामा फेला परेको थियो ।

बाटोमा एक्लै देखेर बालिकालाई पछ्याउँदै गएर बीच जङ्गलमा पुगेपछि बालिकालाई फकाई फुल्याई गरी जङ्गलबीच भित्रको बाटोबाट जाँदा छोटो पर्छ यताबाट जाउँ भने पछि बालिका समेत पछि लागिन् । केही पर पुगेपछि गिरीले बालिकालाई शारीरिक सम्पर्कको लागि प्रस्ताव गर्दा अस्वीकार गरेपनि बालिकालाई जबर्जस्ती करणी गरेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार जबर्जस्ती करणीपछि सो कुरा बुबालाई भन्दिन्छु भन्दै बालिका भाग्न खोजेपछि ‘पोल खोल्न सक्ने डरले नीज बालिकालाई जमिनमा लडाई घाँटी थिच्दै मुख थुनेर हत्या गरेर सोही स्थान नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेका थिए ।

गिरीले शव छोपेपछि बालिकाको सबै लुगा कपडा र जुत्तासमेत आफैले बोकेर ल्याई आफ्नै घर पछाडि रहेको खोल्सीमा जलाएर घर फर्केको प्रहरीको भनाइ छ । गिरीलाई कर्तव्य ज्यान र जवरजस्ती करणी मुद्दामा आजै मोरङ अदालतमा म्याद थप गरिसकिएको छ । उनलाई मुलुकी अपराधसंहिता ऐन २०७४ को परिच्छेद ५ को दफा ४१ बमोजिम जन्म कैद हुनसक्ने जिसीले बताए ।

गत बुधबार स्कुलबाट फर्कने क्रममा गिरीले बालिकालाई बाटैबाट बेपत्ता पारेका थिए ।