November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नक्कली पिसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ

4K

ठिमी । नक्कली पिसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमाहरुमा धनुषा जिल्ला बिदेह नगरपालिका वडा नं.४ घर भई हाल ललितपुर ग्वार्को बस्ने रोसन कुमार छिट्टान, धनुषा जिल्ला छिरेश्वर न.पा.वडा नं. १ घर भई हाल गौशाला बस्ने नागेन्द्र यादव, काभ्रेपलान्चोक जिल्ला तेमाल गा.पा.५ घर भई हाल भक्तपुर सुर्यबिनायक न.पा.वडा नं. ५ सल्लाघारी बस्ने माधव मैनाली, सर्लाही जिल्ला बलरा न.पा.वडा नं.७ घर भई हाल भक्तपुर कौशलटार बस्न नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा रहेका छन् ।

प्रहरीका अनुसार रौतहट जिल्ला राजदेवी न.पा. ४ बसतपुर घर भई हाल भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालका PCR Lab सञ्चालक भावेश मिश्र, हाल काठमाण्डौंको पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रा.लि. को PCR Lab सञ्चालक निर्मल गिरी फरार छन् ।

उनिहरुले भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि. बाट बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पेर्न पिसीआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली रिपोर्ट बनाईदिने गरेको प्रहरीले बताए ।

Advertisement

नक्कली पिसीआर रिपोर्ट तयार पार्ने ल्याब ।

प्रहरीले बुधवार बिहान नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली पिसीआर परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ गरि जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा पुग्दा उक्त हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई फेला पारी नियन्त्रणमा लिइएको तथा काठमाण्डौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि फेला पारी उक्त अस्पतालको ल्याबमा पुग्दा सोही ल्याबका कर्मचारी माधव मैनालीलाई फेला पारी नियन्त्रणमा लिइएको, सम्बन्धित व्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पताल प्रा.लि. बाटPCR TEST Negative भनि उल्लेख भएका ४ थान नक्कली पिसीआर परीक्षण रिपोर्ट सहित पक्राउ गरेका हो ।

पक्राउ परेकाहरुलाई प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट पिसीआर रिपोर्ट Generate गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र PCR TEST दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुबै अस्पतालका PCR Lab हरु सिल गरि PCR सम्बन्धी सबै सेवा हाल लाई बन्द गरिएको र अन्य थप छ ।