काठामडौं । त्रिपुरासुन्दरी गाउँपालिका–६ सिन्धुपाल्चोकका हरि श्रेष्ठ श्रमिकहरुको पैसा लिएर फरार भएका छन् । पीडितका अनुसार श्रेष्ठले पाँच लाख २० हजार लिएर फरार भएका हुन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा ग्रिल कारखाना संचालन गर्दै आएका श्रेष्ठले बबरमहल सडक विभागमा काम गर्ने श्रमिकहरुको रकम लिएर फरार भएका हुन् ।
‘हामीले पाँच लाख २० हजारमा काम गर्ने सहमतिको कागज गरी काम गर्न सुरु गरेका हौं । कामकै बीचमा पैसा माग्दा एकैपटक दिन्छु भन्यो । म त सिधा मान्छे होला नै भन्ने लाग्यो । काम सकिएपछि मान्छे नै सम्पर्कबीहिन भयो । अहिले मेरो सम्पर्कबाट काम गर्न आएका भाइहरुले मलाई जसरी पैसा चाहिन्छ भनिरहेका छन् । पैसा उसले लिएर गयो मैले कसरी दिने ?’, एक पीडितले बताए ।
पीडितले प्रहरीमा उजुरी दिए तापनि अहिलेसम्म पक्राउ नपरेको पनि गुनासो राखे । ‘उसले कहिलेकाहीँ सम्पर्कमा आउने र भाका राख्ने त्यसपछि फेरि सम्पर्कविहिन हुने गरेको एक महिना भइसक्यो । प्रहरीमा उजुरी गरेको थियौं तर पक्राउ पर्न सकेको छैन ।’, उनले भने ।
अहिले मोबाइल अफ गरी सम्पर्कबीहिन भएको हुँदा बाध्य भएर मिडियामा आउनुपरेको उनले बताए ।