January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

खानेकुरा दिएर बच्चाले लगाएको गहना लुटपाट गरेको अभियोगमा एक महिला पक्राउ

285


कास्की । बालिकालाई ललाई फकाइ कानमा लगाएको सुनका गहनाहरु लुटपाट गरेको आरोपमा पोखरामा एक महिलालाई पक्राउ गरेको छ

बालबालिकाले कानमा लगाएको करिब १ तोला ९५ लाल बराबरको ५ जोर सुनको मुन्द्रा लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका–१४ बस्ने स्याङ्जा घर भएकी २४ वर्षीया अम्बिका पुलामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विभिन्न मिति र समयमा मगरले खानेकुरा खान दिई ललाई फकाई ५ जना बालबालिकाहरुको मुन्द्रा लुटपाट गरी फरार भएको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

Advertisement

अभियुक्तलाई पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा लुटपाट गरेको उक्त मुन्द्रा र ग.१५ प ६७८८ नम्बरको स्कुटर सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।