May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुम फेदापका एक युवा पक्राउ

2.7K


तेह्रथुम । तेह्रथुममा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा फेदाप गाउँपालिका–२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरा रहेका छन् ।


२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महारालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महराले ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि उनलाई पक्राउ गरिएको प्रहरी चौकी ओयाकजुङले जनाएको छ ।


यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement