मोरङ । मोरङको बेलबारीका डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय टंक नारायण चौधरी रहेका छन् ।
जिल्ला अदालत मोरङको २०७३ चैत ७ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र ७४ हजार ५ सय ५० रुपैयाँ सजाय ठहर भई फरार रहेका उनलाई मंगलबार पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।