January 18, 2022, Tuesday
२०७८ माघ ४
1:37:26 pm

कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या

२०७८ कार्तिक २४

525

काठमाडौं । कैलालीमा चक्कु प्रहारबाट गएराति करिब ९ बजेतिर एक युवकको हत्या भएको छ।लम्कीचुहा नगरपालिका १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राति चक्कु प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । घटनास्थलमा फेला परेको स्कुटी चक्कु प्रहार गर्ने ब्यक्तिको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट मृतकको मोटरसाइकल र एकथान स्कुटी बरामद गरिएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि केही ब्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको बताए ।

Advertisement