January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

७ वर्षीया बालिका मृत फेला

२०७८ कार्तिक २३

560

सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिकामा एक बालिका मृत फेला परेकी छन् ।
लेकवेशी–१ ढापखर्कका गगनबहादुर सुनारकी ७ वर्षीया छोरी घरदेखि करिब ५ सय मिटर टाढा बारीमा मृत फेला परेकी हुन् ।

सोमबार बिहान ११ बजे बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा लगि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement