January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

स्रोत नखुलेको पाँच लाख सहित पक्राउ

२०७८ कार्तिक १७

605

पर्सा । वीरगंज महानगरपालिका–१६ शंकरचार्य गेटबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रुपैयाँ सहित सोही महानगरपालिका–३१ कोनिया टोल बस्ने २४ वर्षीय अनिल साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४० प ४३०२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अनिलको झोलाभित्र उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement