January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

भन्सार छलेर नेपाल भित्र्याइएको ठूलो परिमाणको सामान बरामद

२०७८ कार्तिक १७

290

भैरहवा । भन्सार राजस्व छलेर नेपाल भित्र्याइएको सामान बरामद भएको छ । दुईवटा गाडीसहितका ठूलो परिमाणको सामान रुपन्देही प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार बुधबार बिहान बरामद भएका गाडीसहित सामानको मूल्य ५१ लाख रुपैयाँभन्दा धेरै रहेको छ । सामानको साथमा दुई जना चालक पनि पक्राउ परेका छन् ।

भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका गाडीसहितको सामान बुधबार बिहानको चार बजे बुटवल उपमहानगरपालिका–१, तिनाउ पुलबाट बरामद गरिएको थियो । ती सामान कपिलवस्तुका विभिन्न नाका हुँदै बुटवल ल्याइएको प्रहरीको अनुमान छ ।

Advertisement

प्रहरीका अनुसार दुईवटा पिकअप भ्यानमा गरी लिपगार्ड ६० हजार पिस, २ सय ३६ पिस उनी कुर्था सुरुवाल सेट, ६ सय पिस चुन्नी र ६७ पिस बनारसी साडी बरामद भएको हो । यसको कुल मूल्य ५१ लाख ४८ हजार ५ रहेको प्रहरीले जनाएको छ ।

गाडी चालक रुपन्देहीको सैनामैना नगरपालिका–२ बस्ने ४० वर्षका तुलसी थारु र उक्त स्थानकै ४० वर्षीय मिनप्रसाद भण्डारी पक्राउ परेका छन् । लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको पिकअप गाडीमा भन्सार छलेका अवैध सामान रहेको प्रहरीले बताए ।