December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

श्रीमतीको हत्या अभियोग लागेका श्रीमान मृत अवस्थामा फेला

२०७८ कार्तिक १३

760

रोल्पा । रोल्पामा श्रीमतीको हत्या अभियोग लागेका श्रीमान् आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।

रोल्पा नगरपालिका वडा नं. १० धवाङका ३८ वर्षीय प्रजित बुढा घरभन्दा केही पर झुण्डिएर आत्महत्या गरेको अवस्थामा शुक्रबार बेलुका फेला परेको रोल्पा प्रहरीले जनाएको छ ।

उनको श्रीमती ४० वर्षीया पुष्पा बुढा गत वैशाख ३१ गते भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेकी थिइन् । घाँसको भारीसँगै भीरबाट लडेर झन्डै एक सय मिटर तल मृत्यु भएको भनेर श्रीमानले प्रहरी समक्ष बयान दिएका थिए । तर पोष्टमार्टम रिपोर्टमा स्वाभाविक रूपमा भीरबाट लडेर मात्रै पुष्पाको मृत्यु नभएको भन्ने देखिएपछि प्रहरीले श्रीमानमाथि अनुसन्धान अघि बढाएको थियो ।

Advertisement

पुष्पाको छातीमा गहिरो घाउ देखिएपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरू गरेको प्रहरीले बताए ।

धवाङ र मिरुलको भित्री सडकको गोरेटो बाटोमा घाँसको भारी बोकेर उक्त दिन पुष्पा भीरबाट लड्दा श्रीमान् प्रजित र श्रीमती पुष्पा सँगै हिँडिरहेको भन्ने बयान पनि श्रीमानले दिएका थिए ।

प्रहरीले पुष्पाको हत्या भएको आशंकाका आधारमा रोल्पा जिल्ला अदालतबाट श्रीमान प्रजितविरूद्ध पक्राउ पुर्जी जारी गरी खोजी थालेको थियो ।

त्यसपछि भने उनी मोबाइलक अफ गरेर चार– पाँच दिनदे फरार रहेका थिए ।