June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

राष्ट्रिय अनुसन्धान विभागको अधिकृत बनाउछु भन्दै ठगी गर्ने पक्राउ

4.1K

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँको शुक्ला गण्डकीकी दुर्गा पौडेल न्यौपानेबाट १५ लाख ५० हजार ठगी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले झापाको कनकाई नगरपालिका ३ घर भइ चाबहिल बस्ने निलम भट्टराईलाई पक्राउ गरेको हो ।

पटक–पटक गरी दुर्गाबाट १४ लाख ५० हजार असुल गरेको र पछि जागिर पक्का भयो भन्दै काठमाडौं बोलाएर निलम सम्पर्कविहीन भएका थिए । पीडितले दिएको उजुरीको आधारमा महाशाखाको टोलीले निलमलाई सुर्खेतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनले आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भएकोले आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्छु उक्त पदमा जागिर खाने भए मन्त्रालयको विभिन्न अधिकारीहरूलाई रकम बुझाउनुपर्ने हुन्छ त्यसको लागी रु. १५,००,०००÷– ( अक्षेरुपी पन्ध्र लाख रुपैयाँ ) रकम लाग्छ भनी प्रलोभनमा पारी पटकपटक गरी रु. १४,५०,०००÷– ( अक्षेरुपी चौध लाख पचास हजार रुपैयाँ ) रकम लिएका थिए ।

Advertisement

रकम लिईसकेपछि जागिर पक्का भयो अब ४५ दिने तालिमको लागि सिन्धुली जानुपर्छ भनी पीडितलाई काठमाडौँ बोलाए पश्चात काठमाडौँ आएर सम्पर्कविहिन भएका थिए ।

मंगलबार पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको उनको भनाइ छ ।