June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

मान्छे पासो लागेर मरेको डोरी महंगोमा बिक्री हुन्छ भन्दै महिलाको हत्या गर्नेहरू पक्राउ

2.1K

काठमाडौ । मान्छे पासो लागेर मरेको डोरी महंगोमा बिक्री हुन्छ भन्ने भ्रममा परी महिलाको हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । एकमहिना अघि हत्या गरी फरार रहेका उनिहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङ जिल्ला पथरी शनिस्चरे नगरपालिका–८ मंगलबारे घर भई हाल जि.ललितपुर, ललितपुर महानगरपालिका–२८, हरीसिद्धि बस्ने २० वर्षीय सुमन मगर, मकवानपुर जिल्ला रक्सिराङ गाउँपालिका–५, प्याङचे टोल घर भई ललितपुर महानगरपालिका–२८, हरिसिद्धि, नयाँबस्ती बस्ने २३ वर्षीय सबिन प्रजा र निजकी श्रीमती १८ वर्षीय प्रविना प्रजा माझी रहेका छन् ।

हत्यामा सम्लग्न सविन प्रजा

प्रहरीका अनुसार उनिहरुले ललितपुरको सुनकोठीमा नुवाकोट जिल्ला बेलकोट गढी न.पा. वडा नं.–९ घर भएकी ४५ वर्षीय कमला तामाङको डोरीले घाँटीमा कसेर हत्या गरेका थिए ।

Advertisement

घटनामा संलग्न सबिन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपुर्ण हुने र करोडौं रुपैंयामा बिक्रि हुने भन्ने कुराहरू सुनेपछि त्यस्तो डोरी प्राप्त गर्ने र रकम आर्जन गर्ने उद्देश्यले हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा सम्लग्न सुमन मगर

प्रहरीका अनुसार मृतक कमला तामाङकासँग सुमन मगरको पुर्व चिनजान रहेको र अवैध सम्बन्ध पनि हुने गरेको थियो । उनी टहरामा एक्लै बस्ने गर्थिन् ।

उनिहरुले मिति २०७८/५/२४ गते साँझ अन्दाजी ४ः३० बजे मृतकको टहरामा गई खानपिन (मापसे) गरेका थिए । सुत्ने क्रममा मृतकको हात बाँधेर घाँटीमा डोरीले कसी हत्या गरेपछि मृतकको कानमा लगाएको गहना र मोबाइल समेत लुटी फरार रहेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

हत्यामा सम्लग्न प्रविना प्रजा