May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

अष्ट्रेलिया पठाईदिन्छु भन्दै बाह्र लाख रकम ठगी गर्ने व्यक्ति पक्राउ

1.4K

काठमाडौ । अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
ठगीको आरोपमा जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. १३ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० मध्यबानेश्वर बस्ने वर्ष ४१ को मणि निरौला रहेका छन् ।

प्रहरीले अनुसार आरेपीले आफू ” Queensland Education Foundation Pvt. Ltd. को सञ्चालक बताउदै जिल्ला म्याग्दी मङ्गला गा.पा. वडा नं. ५ घर भई हाल का.जि. टोखा न.पा. वडा नं. १ बस्ने वर्ष २४ को सुजन खत्रीलाई ्लाई ठगी गरेका हुन् । उनले अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिन्छु भन्दै त्यसको लागि रु. १२,००,०००÷– ( अक्षेरुपी बाह्र लाख रुपैयाँ ) रकम लिएर सम्पर्क विहिन भएका थिए ।

समयभित्र नपठाए पछि सम्पर्क गर्दा सम्पर्कमा नआई उक्त प्रा.लि. समेत बन्द गरी सम्पर्क विहिन भई भएका थिए ।

Advertisement

ठगी गरेको भनी प्रहरी महाशाखामा जाहेरी दरखास्त परेपछि खोजतलास गर्ने क्रममा उनलाई विशेष टोलीले नयाँबानेश्वरबाट पक्राउ गरेहको हो ।

उनलाई म्याद थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।