May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

सवारी दुर्घटनामा २ जनाको मृत्यु

930

काठमाडौं, १९ असोज  । कैलाली, धनगढी उपमहानगरपालिका-४ बोराडाडीस्थित सडकमा ना.८ ख २२४२ नम्बरको बसको ठक्करबाट पैदलयात्री दार्चुला खण्डेश्वरी गाउँपालिका-४ बस्ने ४५ वर्षीय गणेश सुनारको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका उनको माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकस्थित सडकमा ना.३२ प ६६७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको रेलिङमा ठोकिएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने पर्सा वीरगंज महानगरपालिका-२० ठेगाना भएका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर ईन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटना परी घाइते भएका मोटरसाइकलमा सवार वीरगंज घर भई ईलाका प्रहरी कार्यालय चन्द्रनिगापुर रौतहटमा कार्यरत प्रहरी हवल्दार सियाराम सिंहको नागरिक अस्पताल ठिमी हुँदै थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगंज रिफर गरिएको छ ।

Advertisement

फाइल तस्बिर