May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

अवैध लागूऔषध सहित पक्राउ

2.2K

काठमाडौं । पर्सा र बारामा प्रहरीले अवैध लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पर्सा, कालिकामाई गाउँपालिका–१ मुर्लीबाट २ केजी अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका तिनदुबिया बस्ने ३० वर्षीय लोकराज पटेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी बारा, जितपुर सिमरा उपमहानगरपालिका–२० बस्दिल्बा बस्ने ५० वर्षीय ईजराईल मियाँ अन्सारीलाई करिब १३ केजी अवैध लागूऔषध सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।