May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ताप्लेजुङका प्रदिप लिम्बु पक्राउ

1.4K

काठमाडौ । छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हत्याको आरोपमा प्रदिप लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बुढानिलकण्ठ नगरपालिका–८ भंगाल बस्ने मोरङ बिराटनगर घर भएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदिप लिम्बुलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रदिपले खड्कालाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएका छन् ।

Advertisement

छुरा प्रहारबाट गम्भीर घाइते खडकाको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।