March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

श्रीमतीलाई कुटेर हत्या गरेको अभियोगमा पक्राउ

2.7K

बाँके । आफ्नै श्रीमतीलाई कुटेर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

३५ वर्षीया लक्ष्मीरुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपानेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।