काठमाडौं, ८ असोज । काठमाडौडको होटलमा एक जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित बिहानी होटलको १०२ नम्बर कोठामा जर्मन नागरिक ४० वर्षीय डेभिड मिट्जक्याट बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
उक्त घटना सम्बन्धमा सोधपुछका लागि ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–८ गौरीघाटस्थित किराँतेश्वर मन्दिर जाने बाटोमा गौरीघाट बस्ने ओखलढुँगा घर भएका नाम थर नखुलेका करिब ५२ वर्षीय पुरुष बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
पाल्पा, बगनासकाली गाउँपालिका–७ खानिगाँउ झाक्रीस्थान बस्ने ३१ वर्षीय दिपक भट्टराई पनि आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बैतडी, सूर्नया गाउँपालिका–४ लेकडाँडा बस्ने ५७ वर्षीय कमल सिह महरा सोही ठाउँ हरिपुरस्थित पसलको अगाडि बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उक्त घटनाका सम्बन्धमा आवश्यक सोधपुछका लागि प्रहरीले ६ जनालाईे नियन्त्रणमा लिएको छ ।
रौतहट, राजपुर नगरपालिका–५ बस्ने ६० वर्षीय राम सरुप राय आफ्नै घरबाट करिब १ किलोमिटर टाढा खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएो छ ।