November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संखुवासभा सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य, लोकबहादुरका भाइ नरेश पक्राउ

3.2K

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटना अन्तै मोडिएको छ । प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइलाई समेत पक्राउ गरी अनुसन्धान थालेको छ ।

पक्राउपछि लोकबहादुरले हत्या आफूले नै गरेको स्वीकार गरेका कारण घटनामा उनको मात्र संलग्नता हेको भनिएता पनि प्रहरीले अनुसन्धान यथावत राखेको छ । यसै क्रममा लोकबहादुरका भाइ नरेश कार्की पक्राउ परेका हुन् । नरेशसँग सोधपुछ जारी रहेको र सोधपुछका क्रममा नयाँ तथ्य खुलेको प्रहरीले जानकारी दिएको छ ।

हत्या गरिएकी बुहारी रञ्जना कार्कीको मोबाइल अनुसन्धानमाको क्रममा नरेशको साथ फेला परेको थियो । त्यसपछि उनी पक्राउ परेका हुन् ।

Advertisement