November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संखुवासभा हत्या प्रकरणः इटहरीको बुढीखोलामा ६ जनाको सामूहिक दाहसंस्कार

2.8K

संखुवासभाको मादीमा हत्या गरेको अवस्थामा फेला परेका एकै परिवारका छ जनाको अन्त्येष्टि सुनसरीको इटहरीस्थित बुढीगंगा घाटमा गरिएको छ ।

सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको बुधबार साँझ अन्त्येष्टि गरिएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमपछि बुढीगंगा घाटमा अन्त्येष्टि गरिएको मृतकका भतिजा विनोद कार्कीले जानकारी दिए ।

Advertisement

मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

शव भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । तर तीन दिनसम्म कुनै निष्कर्षमा पुगेको छैन ।