March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

नारायणी अस्पतालमा अख्तियारको छापा, कागजात नियन्त्रण

1.7K

पर्सा– पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । क्षेत्रीय कार्यालय हेटौडाको टोलीले सोमबार नारायणी अस्पतालमा छापा मारेको हो । टोलीले अस्पतालको फार्मेसीको कागजात नियन्त्रणमा लिएको छ ।

फार्मेसीमा एक करोड २१ लाख अनियमितता भएको आशंकामा छापा मारिएको हो । अख्तियारको टोली अस्पतालमा आएको र फार्मेसीसँग सम्बन्धित कागजात र स्टकमा रहेको औषधिको लगत संकलन गरिरहेको अस्पतालका निमित्त मेसु डा. वीरेन्द्र प्रधानले जानकारि दिए । उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा ५ सदस्यीय टोली आएको उनले पुष्टि गरे ।

Advertisement