June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

आदिवासी जनजाति महासंघद्वारा राउटे युवतीहरूमाथि भएको दुर्व्यहारको घोर भत्सर्ना

270

काठमाडौं – आदिवासी राउटे समुदायका दुई युवतीहरूमाथि भएको यौन दुर्व्यहारको ‘नेपाल आदिवासी जनजाति महासंघ’ले घोर भत्सर्ना गरेको छ ।

विज्ञप्ति जारी गर्दै संस्थाले जुनसुकै हिंसा मानवअधिकार विरोधी कार्य हो भन्दै यौन हिंसालाई चरम मानवअपराध ठहर गरेको छ ।

‘घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडा कार्बाही अगाडि बढाउन राज्यका सम्पूर्ण निकायहरूलाई महासंघ जोड्दार आग्रह गर्दछ’, अध्यक्ष जगतबहादुर बरामद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै संस्थाले मञ्जुरी र स्वीकृतिबिना सार्वजनिक भएका भिडियो तथा तस्विरहरूलाई सरकारको सम्बन्धित संयन्त्रले सिस्टमबमोजिम हटाउन समेत माग गरेको छ ।