April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

रुपन्देही प्रहरीले पक्राउ गर्‍यो एकैदिन ५ फरार अपराधी

2.2K

काठमाडौं– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका पाँच जनालाई एकै दिन पक्राउ गरेको छ। जिल्ला अदालत रुपन्देहीले कैद सजाय सुनाएपश्चात फरार भएका ५ जनालाई एकै दिन पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, बलात्कार र अप्राकृतिक मैथुनीका दोषी छन्। पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका रुपा भनिने धनबहादुर बुढाथोकी, कर्तव्य ज्यानमै १० वर्ष कैद सजाय सुनाइएका कन्हैया कुँवर जोगी, बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय सुनाइएका राजन चौधरी भनिने बेनिराम कँवर जोगी  र कर्तव्य ज्यानमै दोषी ठहर भइ १९ वर्ष ३ दिन कैद सजाय सुनाइएका बलु सुनार भनिने बलबीर कुमार सुनार र अप्राकृतिक मैथुन मुद्दामा ४ वर्ष ८ महिना कैद सजाय सुनाइएका बाबुराम विश्वकर्मा छन्।

पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत रुपन्देहीमार्फत कैद भुक्तानका लागि कारागार पठाइएको रुपन्देही प्रहरीले जनाएको छ।

Advertisement