November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लागु औषधसहित पक्राउ परे ‘भलिबल टिम’का म्यानेजर

3K

काठमाडौं– तीन महिना लामो निगरानीपश्चात् आफूलाई ‘भलिबल टिम’को म्यानेजर बताउने एक व्यक्तिलाई ललितपुर प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ। आफूलाई जावलाखेल भलिबल टिमको म्यानेजर भएको दाबी गर्ने अनुप श्रेष्ठसहित अन्य दुई जनालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो।

उनीसँगै अम्रिता खड्का र परदु गुरुङलाई लागु औषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन्।

अनुप भलिबल टिमको म्यानेजरसँगै आफूलाई समाजसेवी समेत भएको दाबी गर्दै आएका छन् । उनले ललितपुर महानगरपालिकाको समन्वयमा पार्क निर्माणदेखि टोल सुधारसम्मको काम गरेको बताउने गरेका छन्। 

Advertisement

तीन महिनाअघि उनै अनुप लागुऔषध कारोबारी भएको सूचना प्रहरी कहाँ आएको थियो। समाजसेवी र भलिबल टिमको म्यानेजरसमेत भएकाले  उनलाई तत्काल पक्राउ गर्न भन्दा पनि प्रहरी प्रमाण संकलन गर्न तर्फ लागेको थियो। सोही क्रममा आइतबार उनीसँग लागु औषध भएको भन्ने सूचनाका आधारमा पक्राउ गर्दा लागु औषधसमेत फेला परेको एसएसपी बज्राचार्यले बताइन्।

उनीसँगै अम्रिता खड्का र परदु गुरुङलाई लागु औषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन्।

कुमारीपाटीबाट अनुपलाई ५० ग्राम लागु औषध मेथावाइन, त्यसलाई जोख्ने डिजिटल तराजु र अन्य केही लागु औषध र ५० हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो। उनीसँगै अमृता र परदुलाई पनि पक्राउ गरिएको छ। उनीहरु दुई जना ग्राहक भएको र अनुपको कोठामा लागु औषध खरिद गर्न गएको प्रहरीले जनाएको छ। अनुप भने सेवनकर्तासँगै बिक्रेता पनि रहेको प्रहरीको भनाइ छ।