May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

१० रुपैयाँ दिई फकाएर ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

285

काठमाडौं– पर्सामा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

वीरगञ्ज महानगरपालिका–२४ कि बालिका सोमबार दिउँसो बलात्कृत भएकी हुन्।

बलात्कार आरोपमा सोही ठाउँका ३६ वर्षीय प्रमोद सर्राफ पक्राउ परेका छन् । सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो ।

बाबुआमा काममा गएका बेला एक्लै रहेकी बालिकालाई १० रुपैयाँ दिई फकाएर बलात्कार गरेको पाइएको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले बताए।