May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

पेस्तोल देखाएर प्रहरीको दादागिरी

440

जनकपुरधाम – महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्बर २ बजार नजिक रहेको घरको ढलान गरिरहेको अवस्थामा प्रहरीले दादागिरी देखाउदै निर्माण कार्य रोकेको तथ्य बाहिर आएको छ ।

सडक ढलान नरोकेको भनेर एउटा प्रहरीले पेस्तोल निकालेर महिलाको कन्चटमा राखे र गोली हान्ने शब्द अर्को प्रहरीले प्रयोग गरेको देखिन्छ ।

बिहान देखि सडक ढलान गर्दै थिए तर ढलान गर्दा गर्दै राति ८ बजेको समयमा एकासी प्रहरीले घरको मालिकसंग जथाभावी गालीगलौच गर्न लागेको थिए ।

उक्त ढलान नरोकेको भन्दै प्रहरीले पेस्तोल निकालेर एक महिला सहित संजिब कापरको कन्चटमा पिस्तोल भिडाएको थियो र शैलेन्द्र कापरलाई कुटपिट गरेको बताए ।उक्त भिडियो बाहिरिए पछि प्रहरीको दादागिरी उदांगिएको हो स्पष्ट देखिन्छ ।

मिथिले देवी भन्छिन( बिहान देखि ढलान गर्दै थिए, घर ढलान गर्दा गर्दै राति ८ बजे सम्म घर ढलान पुरा हुंदै थियो । त्यतिकैमा घर अगाडि एक्कासी प्रहरीले जथाभावी गालीगलौच गर्न थाले र स्थानियहरुको भागमभाग भएको थियो ।

स्थानीयहरुको अनुसार पछिल्लो समय प्रहरीको कार्यशैलीले स्थानीयहरु त्रसित बनाउने काम गरिरहेको छ ।

व्यक्तिले आफ्नो घर ढलान गर्दै गर्दा प्रहरीको दादागिरी उपयुक्त नभएको युवा नेता दिपु कापर बताउंछन । प्रहरीले नै जथाभावी गाली गर्ने र कंचटमा पिस्तोल राख्ने अधिकार कुन कानुन हो, उनको तर्क छ । न म केही भनिए छु न म गालीगलौज दिए छु म केही गलती गरेछु भने कार्वाही दायरामा ल्याउनु भोगने त्यार भए उल्टै हामीलाई पेस्तोल भिडाएर हान हान भन्छ

यता उक्त प्रहरी अधिकारी संग यस सम्बधमा फोनमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।