November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दीपक मनाङेकी श्रीमती मूर्ति चोरीको आरोपमा पक्राउ

2.5K

काठमाडौं- गण्डकी प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे)की श्रीमती चोरीको आरोपमा पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा मकवानपुर प्रहरीले मनाङेकी श्रीमती डोल्मा लामालाई बुधबार पक्राउ गरेको हो।

मकवानपुरका एसपी सुशीलसिंह राठौरले लामालाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धानका लागि कास्की पठाइएको नेपाल लाइभलाई जानकारी दिए। 

उनीविरुद्ध कास्कीमा मूर्ति चोरीको मुद्दा परेको छ। गत कात्तिकमा कास्की अदालतले उनीविरुद्ध पक्राउ पूर्जी समेत जारी गरेको थियो। तर लामा भने गत दसैंदेखि नै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थित माइतीमा बस्दै आएकी थिइन्।

Advertisement