काठमाडौं – चैत १५ गते होली खेल्ने क्रममा बागलुङको वडिगाड बल्देधुरीमा झडप हुँदा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दामाई मारिएका थिए ।
फागु पूर्णिमाको दिन दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यलय बागलुङले सार्वजनिक गरेको छ ।
प्रहरीले घटनामा संलग्न रहेका वडिगाड १० का २३ वर्षीय मिलन बुढा मगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढा मगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा मगर, तिर्थलाल बुढा मगर, ३१ वर्षीय सूर्य बुढा मगर र ४६ वर्षीय ढालबहादुर बुढा मगरलाई सार्वजनिक गरेको हो ।
सो घटनाका दुई आरोपित भने जिल्ला प्रशासन कार्यालयमा आएर आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए ।