April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

युवाहरूको दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु

275

काठमाडौं- युवाहरूको दुई समूहबीच झडप हुँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ। बिहीबार राति बारेकोट गाउँपालिका-२ लिम्सामा दुई समूहका युवाबीच झडप भएको थियो।

झडपका क्रममा नलगाड नगरपालिका–४ का नरेश रावलको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख, डीएसपी मधुकुमार थापाले बताए। मृतक रावल जाजरकोट–डोल्पा यातायात व्यवसायी समितिमा आवद्ध थिए।

सोही यातायात समितिमा आवद्ध दुई समूहबीच झडप हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए। मृतक रावलको शव पोस्टमार्टमका लागि सदरमुकाम खलंगा ल्याउने तयारी भइरहेको बताए।