April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

किशोरीहरुलाई जर्वजस्ती यौनधन्दा गराउने पाँच जना पक्राउ

470

काठमाडौं – काठमाडौंमै काममा लगाइदिने भन्दै किशोरीहरुलाई जर्वजस्ती यौनधन्दामा लगाउने गरेको पाइएको छ ।

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा प्रहरीले बुधबार ५ जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो धन्दाका बारेमा खुलेको हो ।

प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्याङ्ग्ले गाउँपालिका–३ की १९ वर्षीया मसेली भन्ने सुहाना तामाङ, नुवाकोट सूर्यगढी गाउँपालिका–४ की ३१ वर्षीया मुना थापा मगर, काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल र काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–१ गागालफेदी बस्ने ४७ वर्षीय राज कुमार सुनारलाई पक्राउ गरेको हो ।

पीडितका अभिभावकले आफ्नो छोरीलाई चैत १२ गते लिएर गएकी सुहाना तामाङले श्याम कुमार भट्टराईसँग मिलेर काठमाडौं माकलबारीमा फ्ल्याटमा राखी त्यहाँबाट होटलमा पु¥याई ग्राहकसँग जवरजस्ती करणी गर्न लगाएको भन्ने जाहेरी दिएका थिए ।

उक्त जाहेरी परेपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरु २ जनालाई पक्राउ गरेको तथा थप अनुसन्धानको क्रममा पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजल होटलमा बालिकालाई जबरजस्ती करणी भएको खुल्न आएपछि होटल संचालक प्रकाश ढुंगेल र मुना थापा मगर तथा जबरजस्ती करणी गर्ने राज कुमार सुनारलाई समेत बुधबार प्रहरीले पक्राउ गरेको हो ।