इलाम–त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालत इलामले जन्मकैदको फैसला सुनाएको छ।
न्यायाधीश हरीशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित ६० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताए।
विसं २०७७ भदौ ७ गते भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिए। भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
आरोपितलाई भदौ १० गते प्रहरीले गिरफ्तार गरेको थियो।रासस