April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

बागलुङ ग्याङ फाइट मृत्यु प्रकरणः ७ जना युवा पक्राउ

260

बागलुङ – बागलुङमा गत आइतबार भएको ग्याङ फाइटमा संलग्न भएको आरोपमा ७ जना युवा पक्राउ परेका छन् ।

ग्याङ फाइटमा दुई जना युवाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआर्यजी घनश्याम अर्यालले जानकारी दिए । प्रहरीले पक्राउ परेका युवाकाे परिचय खुलाएकाे छैन् ।

गत आइतबार जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडप भएको थियो ।

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा २ जनाको भएको थियो । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँबर र ३४ वर्षका दिपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको थियो ।