April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

दमकमा युवतीलाई बन्धक बनाई यौन धन्दा गर्ने दुईजना महिला पक्राउ

1K

झापा – युवतीलाई बन्धक बनाई यौन धन्दा चलाएको आरोपमा दमकबाट दुईजना महिला पक्राउ परेका छन्। साथै‚ प्रहरीले घटनास्थलबाट १७ देखी ३९ वर्ष उमेर समूहका आठजना युवतीलाई उद्धार समेत गरेको छ।

बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा मोरङ पथरीशनिश्चरे नगरपालिका-३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका-४ की ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बुलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

उनीहरुले दमक नगरपालिका-६ स्थित नयाँ सब्जी मन्डीमा घर भाडामा लिएर युवतीहरूलाई बन्धक बनाएर यौन धन्दा चलाउँदै आएको प्रहरीको भनाइ छ।