February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

ओछ्यान बाटै दम्पतीलाई बेपत्ता बनाएको आराेपमा चार अभियुक्त सार्वजनिक ,दम्पती अझै अज्ञात

6.3K

महोत्तरी – महोत्तरीको पिपराका वृद्ध दम्पतीलाई अपहरण गरेर बेपत्ता बनाएको अभियोगमा प्रहरीलाई चार जनालाई सार्वजनिक गरेको छ। पिपरा–५सहोडवा ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया श्रीमती गीतादेवी झा बेपत्ता भएका करिब एक महिनापछि अभियुक्त सार्वजनिक भएका हुन्। 
अपहरण गरी बेपत्ता बनाएको किटानी जाहेरीका आधारमा झा दम्पतीका छिमेकी तीन जना अर्का एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जग्गा कारोबारीले दम्पतीलाई मध्य राति ओछ्यानबाट बेपत्ता बनाएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए। स्थानीय रामबाबु यादव, उनका जेठा र कान्छा छोरा सुरेन्द्र र राजेन्द्रसहित भारतको बिहार मधुवनीका हरेन्द्र ठाकुरलाई पक्राउ गरिएको उनले जानकारी दिए। 

उनीहरूविरुद्ध बेपत्ता, अपहरण तथा शरीर बन्धक शीर्षकमा उजुरी दर्ता गरेर अनुसन्धान बढाइएको छ। ‘जग्गाको विषयलाई लिएर झा दम्पतीलाई बेपत्ता बनाइएको खुलेको छ,’ आचार्यले भने, ‘अभियुक्त रामबाबुको घरमा देखिएको रगतको छिटा र गीतादेवी सुतेको ठाउँमा फेला परेको रगत एउटै प्रकृतिको पुष्टि भएको छ।’ गीतादेवी सुतेको कोठामा देखिएको रगतको छिटा धोइपखाली गरिएकाले घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

वृद्ध दम्पतीको अवस्था अझै अज्ञात 

Advertisement

प्रहरीले बेपत्ता पारिएका मुसाफिरले प्रयोग गर्ने सिमसहितको मोबाइल र एक जोर चप्पल फेला पारेको छ। झा दम्पती सुतेको ओछ्यान, झुल, सिरानी, डस्ना र सिरक बेपत्ता पारिएको छ। ती सामग्री अझै केही भेटिएको छैन। झा दम्पतीको खोजीका लागि हालसम्म ५४ वटा पोखरीमा ठूलो जाल प्रयोग गर्दै डुंगाबाट पनि शंकास्पद ठाउँमा खोजी गरेको छ। 

जग्गाको विषयलाई लिएर दम्पतीलाई बेपत्ता बनाइएको प्रहरीको ठहर छ। भारतीय नागरिक हरेन्द्रले सोहोडवामा सस्तोमा किनेर महँगो दाममा बिक्री गर्न १३ बिघा जग्गा प्लटिङ गरेका थिए। प्लटिङ गरिएकोमध्ये उत्तरतर्फको १४ कठ्ठा जग्गा झा दम्पतीको पर्छ। झाको भन्दा अझै उत्तरतिर व्यवसायी हरेन्द्रको दुई बिघा जग्गा पर्छ। हरेन्द्रको जग्गाको बीचमा पर्ने १४ कठ्ठा जग्गा खरिद गरेर उनले बीचबाट बाटो निकालेर महँगोमा जग्गा बिक्री चाहन्थे। तर, झाले उनलाई आफ्नो जग्गा बिक्री गर्न चाहेका थिएनन्। अन्नपूर्ण