April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरुले शिक्षकलाई कालोमोसो दले

3.5K

काठमाडौँ – छात्राहरुलाई पटक-पटक दुर्व्यवहार गरेको आरोपमा चितवनको नारायणगढस्थित बालकुमारी माध्यामिक विद्यालयका शिक्षक शशीधर गैरेलालाई  कक्षा ११ र १२ विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।

गैरेले छात्राहरुलाई दुर्व्यवहार गरेको आरोप लगाउँदै बुधबार विद्यालय परिसरमा नै कालोमोसो दलेका थिए ।

विद्यार्थीहरुले विद्यालय व्यवस्थापन, शिक्षकसहितको बैठकमा माफी माग्न भन्दा पनि नमानेपछि गैरेको कर्तुत बाहिर ल्याउनको लागि कालोमोसो दल्न बाध्य भएको बताइरहेका छन् ।

Advertisement

यता विद्यालय प्रधानाध्यापक नारायणबहादुर थापाले भने विद्यालय परिसरभित्रै शिक्षकमाथि भएको अमानवीय व्यवहारको भत्र्सना गर्दै विद्यालय शान्तिपूर्ण रुपमा पठनपाठनको वातावारण नभएसम्म अनिश्चितकालका लागि विद्यालय बन्द हुने सूचना जारी गरेका छन् ।