September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

विनयजंगविरुद्ध सपनाले दिइन् जाहेरी, प्रहरीले सुरु गर्‍यो खोजी

1.2K

काठमाडौं-  आफूविरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। आइतबार महानगरीय प्रहरी परिसर काठमाडाैंमा उनले बस्नेतविरुद्ध दूर्व्यवहार गरेको भन्दै जाहेरी दिएको परिसरका एसएसपी अशोक सिंहले बताए।

बस्नतेविरुद्ध अदालतबाट पक्राउ पूर्जी लिएर प्रकाउ गर्ने प्रहरीले तयारी गरेको छ। पशुपति आर्यघाटमा बेवारिसे शव जलाएका कारण बिबिसीको विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी रोकामगरविरुद्ध विनयजंग बस्नेतले अश्लील अभिव्यक्ति दिएपछि यो विषय विवादमा तानिएको थियो। 

Advertisement

विनयजंगसँगै सपनाले पनि पशुपतिमा बेवारिस शव जलाउने काम गरेकी थिइन्। केही समयअघिसम्म उनीहरु ‘बाबुछोरी’जस्तै भएको भन्दै अभिव्यक्ति दिन्थे। 

तर अहिले ‘बाबुछोरी’ भनिएका यी दुई जनाको विषय सामाजिक सञ्जाल हुँदै प्रहरीसम्म पुगेको छ।