September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

कोटेश्वरमा एक बालिका बलात्कृत

1.3K

काठमाडौं- काठमाडौंकोकोटेश्वरमा एक बालिका बलात्कृत भएकी छिन्। १४ वर्षीया बालिका शनिबार साँझ बलात्कृत भएकी हुन्।

बालिका बलात्कारको आरोपमा कोटेश्वरमा रहेको लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

मण्डलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। पीडित बालिकाको मेडिकल जाँच गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।