November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संविधानको कार्यान्वनमा नेपाली प्रेसको भूमिका सराहनीय: प्रचण्ड

1K

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वनमा नेपाली प्रेसको भूमिका सराहनीय रहेको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आम सञ्चारकर्मी र सञ्चार क्षेत्रसँग सम्बन्धित सबै सङ्घसंस्था, सञ्चार माध्यमलाई शुभकामना दिँदै उनले विश्व प्रेस स्वतन्त्रता दिवसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने विश्वास लिएको उल्लेख गरेका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा संवैधानिक र कानुनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता हो, यही आवश्यकतालाई व्यवहारतः कार्यान्वयन गर्न प्रेस जगत् निरन्तर लाग्ने विश्वास लिएको छु ।’

Advertisement