March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

सदस्यता विवाद हल नगरी महासंघको मिति घोषणा गरेकोप्रति समाजवादी प्रेस संगठनको आपत्ति

1K

काठमाडौं । समाजवादी प्रेस संगठनले सदस्यता विवाद हल नगरी नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ।

महासंघले शुक्रबार राति असार २२ गते मतदान हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो
शनिबार संगठनका अध्यक्ष विश्वमणि सुवेदीले विज्ञप्ति जारी गर्दै सदस्यता विवाद हल गरेरमात्रै निर्वाचन कार्यक्रम सार्वजनिक गरिनुपर्छ भन्ने बहुसंख्यक पत्रकार संगठनको मागलाई महासंघले लत्याउँदैको बताएका छन् ।

pinup pin up pin up pinup

विज्ञप्तिमा भनिएको छ, ‘महासंघको निर्वाचन गर्नका निम्ति तयार पारिएको सदस्यता विवरणमा आपत्ति जनाउँदै हामीले तालाबन्दी गर्नुपरेको थियो । अहिले त्यही विवरणका आधारमा निर्वाचन गराउन खोज्नु आपत्तिजनक छ ।’
दुई बुँदे सहमति गर्दै तालाबन्दी गर्नुपर्नाका कारणलाई हल गरिने, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, अन्तरजिल्ला स्थानान्तरण र शुद्धीकरणका सम्बन्धमा तालाबन्दी गर्ने तीन संगठनका मागलाई सम्बोधन गरिने प्रतिवद्धता पत्रमा महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले हस्ताक्षर गरेपनि प्रतिवद्धताविपरितको सदस्यता विवरणका साथ निर्वाचनलाई अगाडि बढाउन खोज्नु निन्दनीय भएको उल्लेख गरेका छन्।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई महासंघको सदस्यताबाट बञ्चित गर्ने र गैरपत्रकारका नाम थप्ने होडबाजीबीच तयार पारिएको सदस्यता सूची खारेज गरिनुपर्छ । न्यायोचित सदस्यता सूची प्रकाशित नगरी हुने निर्वाचन महासंघलाई निश्चित संगठनको सिण्डिकेट बनाउने परिपञ्च हो, हामीलाई त्यस्तो निर्वाचन स्वीकार्य छैन ।’

सहमतिका साथ सदस्यता विवाद सुल्झाउन र निर्वाचन कार्यक्रम ल्याउन महासंघ आग्रह गरेका छन्।