February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

प्यूठान- काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा नवीन कक्षपति

1K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्यूठान काठमाडौँ सम्पर्क मञ्चको १२औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले  नवीन कक्षपतिको अध्यक्षतामा ३१ सदस्यीय काठमाडौं प्यूठान सम्पर्क मञ्च  गठन गरेको छ ।

मञ्चको  उपाध्यक्षहरूमा कविराम गमाल र ओम पुन, सचिव चन्द्र बूढा, उपसचिवहरू चन्द्र सिर्पाली र तेन्जिङ बूढा, कोषाध्यक्ष विष्णु सेतिमगर चयन भएका छन् ।

यस्तै समितिको सदस्यहरू विशाल सुनार, दीपक पुन, रिता शर्मा, भविता पुन, बलबहादुर पुन, विजय कसेरा, विष्णु सुनार, सचिन सुनार, कृष्ण श्रेष्ठ, बिष्णा बिष्ट, चन्द्र घर्ती , गोविन्द ढकाल, भुवन राहु, लिला रिसाल, आकास श्रेष्ठ, विजय केसी,  विजय श्रेष्ठ र प्रवीन कक्षपति चयन भएका छन्। मञ्चको सल्लाहकार प्रमुखमा वसन्त  थापा रहेका छन् ।

Advertisement

कार्यक्रम मञ्चका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य लुना रिजालको अध्यक्षता,  पार्टी उपमहासचिव एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो  ।  

कार्यक्रमको सञ्चालन झबिलाल राहु र स्वागत मन्तव्य नवीन कक्षपतिले गरेका थिए । पार्टी केन्द्रीय सदस्यहरू बिरवलकाजी राई र कल्पना माण्डव्य खनाल, लुम्बिनी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष विद्याराज पाण्डे र  प्यूठान जिल्ला अध्यक्ष भोजविक्रम बुढामगरले शुभकामना मन्तव्य दिएका थिए ।