युराेकप : इटाली क्वाटरफाइनलमा, ८२ वर्ष पुरानो आफ्नै कीर्तिमान भंग
काठमाडाैं- अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै इटाली युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेकाे छ। इंग्ल्याण्डकाे वेम्बली स्टेडियममा शनिबार राति भएकाे प्रि-क्वाटरफाइनलमा इटाली र अष्ट्रियाले निर्धारित ९० मिनेटमा गाेल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएकाे थियाे। जसमा इटाली भाग्यमानी सावित भयाे। अतिरिक्त समयमा इटालीले वैकल्पिक खेलाडीको मद्दतमा २- १ काे जित निकाल्याे। खेलको सुरुवातदेखि नै इटालीले बल पोसेसनमा पकड...